एमालेले बोलायो स्थायी कमिटीको आकस्मिक बैठक

Spread the love

काठमाडौं।

नेकपा (एमाले) ले स्थायी कमिटीको आकस्मिक बैठक बोलाएको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले आज दिउँसो २ बजे बस्नेगरि बैठक बोलाएको एक नेताले  जानकारी दिए ।

उनकाअनुसार आजको बैठकमा राष्टियसभाको आज भैरहेको उपनिर्वाचनमा एमालेका उम्मेद्धवार रामबहादुर थापा बादललाई पार्टीकै वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले असहयाग गरेको बारे समिक्षा हुनेछ ।

नेपाल पक्षले स्वतन्त्र उम्मेद्धवार डा. खिमलाल देवकोटालाई सघाएको छ । त्यस्तै, पार्टीभित्रको आन्तरिक विवाद हल गर्न गठित कार्यदलमा सहभागी ओली पक्षधर सदस्यहरुले वार्ताको प्रगतिबारे पनि आज ब्रिफिङ गर्ने बुझिएको छ


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *