नेपाललाई कोभिड खोप प्रदान गर्न बेलायतसँग प्रधानमन्त्री ओलीको अनुरोध

Spread the love

प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायती सरकारसँग कोभिड विरुद्धको अस्ट्रजेनेका खोप उपलब्ध गराउन अनुरोध गरेका छन्।

बेलायती राजदूत निकोला पोलिटले आज बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा शिष्टाचार भेट गरेकी थिइन्।

सोहि अवसरमा प्रधानमन्त्री ओलीले बेलायती रादूत पोलिनसँग सो अनुरोध गरेका हुन्।

‘भेटका अवसरमा दुई देशबीचको आपसी सम्बन्ध, मख्यतः कोभिड–१९ विरुद्धको लडाइँमा परस्पर सहयोगको आदानप्रदानबारेमा छलफल भयो,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन्, ‘प्रधानमन्त्रीज्यूले यस क्रममा बेलायतले गरेको सहयोगका लागि धन्यवाद गर्नुभएको छ र नेपाली जनताको लागि अस्ट्राजेनेका कोभिड–१९ खोप उपलब्ध गराउन अनुरोधसमेत गर्नुभएको छ।’

केहि दिनपहिले प्रधानमन्त्री ओलीले बेलायतबाट प्रकाशित हुने दि गार्डियन पत्रिकामा एक लेख प्रकाशित गरी नेपाललाई सहयोगका लागि आग्रह समेत गरेका थिए।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *