प्रधानमन्त्रीलाई कांग्रेसको ज्ञापनपत्र

Spread the love

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीलाई १५ बुँदे ज्ञापनपत्र बुझाएका छन्।

प्रधानमन्त्री ओलीलाई बुझाएको ज्ञापनपत्रमा महामारी रोक्न सरकार असफल भएको भन्दै प्रभावकारी कदम चाल्न भनिएकोछ

निषेधज्ञाका कारण श्रमिक र उधोगहरु मारमा परेको भन्दै उनले राहतका कार्यक्रम ल्याउन भनेका छन्।

‘कोभिड—१९ रोकथाम र उपचारका साथै कोभिड प्रभावित निम्न आय भएका आम नागरिक, श्रमिक वर्ग र श्रमजीवी पत्रकार, साना र मध्यम स्तरका व्यवसायीहरुको जीवन निर्वाहको आवश्यकताहरुलाई लक्षित गरी आर्थिक राहत प्याकेजको व्यवस्था गरियोस्। उद्योग व्यवसाय बन्द भएको अवस्थालाई ध्यानमा राखी पुर्नकर्जा सुविधा र व्याजमा सहुलियत दिने व्यवस्था मिलाइयोस्’, ज्ञापनपत्रमा भनिएको छ।

महामारीको बेला स्वास्थ्य मन्त्रालयमा पूर्वाग्रही किसिमले प्राविधिक स्वास्थ्य सचिवको स्थान खाली राखेको आरोप पनि लगाएको छ।
कोभिड संकट व्यवस्थापन केन्द्रको नेतृत्व अपारदर्शी, सतही र असक्षम सावित भएको कांग्रेसको बुझाई छ।

कोभिड—१९ को पहिलो चरणमा देखिएको चरम भ्रष्टाचार, दुरुपयोग र भेदभावको पुनरावृत्ति अहिले पनि देखिन थालेको देउवाले भनेका छन्।
अस्पतालको महंगो शुल्कका कारण उपचार गर्न सर्वसधारणलाई समस्या भएको कांग्रेसले भनेको छ।

गत सालको बजेटमा देशको स्वास्थ्य संरचनालाई व्यापक विस्तार गर्ने घोषणा भएता पनि नगन्य सुधार भएको कारण उपचारको आवश्यकताको तुलनामा आपूर्ति अत्यन्त न्यून देखिएको कांग्रेसको ठम्याई छ।

अहिलेको दोस्रो चरणको संक्रमण मात्र होइन देशले तेस्रो चरणको संक्रमण ब्यहोर्न पर्ने चेतावनी विज्ञहरुले दिएको बताउँदै यस्तो अवस्थामा आम नागरिकहरुलाई कोभिड—१९ महामारीबाट छुटकारा दिलाउन भ्याक्सिनको चाँडो भन्दा चाँडो व्यवस्था मिलाउन आवश्यक रहेको कांग्रेसले बताएको छ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *