राष्ट्रपतिद्वारा फेरि नयाँ सरकार गठनका लागि आह्वान, दिइयो भोलि साँझ ५ बजेसम्मको समय

Spread the love

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठन गर्न दलहरुलाई २१ घण्टाको समय दिएकी छिन्।

बिहीबार साँझ एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति भण्डारीले ७६ (५) को नयाँ सरकार गठनको लागि आह्वान गरेकी हुन्।

तर, राष्ट्रपति भण्डारीले सूचना जारी गरेपछि भोलि पाँच बजेसम्म करिब २१ घण्टाको समय बाँकी रहन्छ।

नेपालको संविधानको धारा ७६ को उपधारा (३) बमोजिम प्रतिनिधि सभामा सबैभन्दा बढी सदस्यहरू भएको दलको संसदीय दलको नेताको हैसियतमा केपी शर्मा ओली वैशाख ३० गते प्रधानमन्त्री नियुक्त भएका थिए।

उनले धारा ७६ को उपधारा (४) बमोजिम तीस (३०) दिनभित्र प्रतिनिधि सभाबाट विश्‍वासको मत प्राप्त गर्नु पर्ने थियो। तर हाल विकसित राजनीतिक परिस्थितिमा संविधानको धारा ७६ को उपधारा (३) बमोजिमको मौजुदा सरकारलाई विश्‍वासको मत प्राप्त हुने दह्रो राजनीतिक आधार नदेखिएको, वैशाख २७ गतेभन्दा फरक स्थिति नबनेको भन्दै वैकल्पिक सरकार गठनको लागि संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रधानमन्त्री नियुक्ति सम्बन्धी प्रकृया आरम्भ गर्न मन्त्रिपरिषद्बाट आज सिफारीस भएको विज्ञप्तिमा उल्लेख छ।

नेपालको संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रधानमन्त्री नियुक्ति गर्ने प्रयोजनका लागि मिति २०७८ जेठ ७ गते साँझ ५ः०० बजे सम्म प्रतिनिधि सभामा विश्‍वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्न नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिमको प्रतिनिधि सभाका सदस्यलाई आह्वान गर्नुभएको छ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *