नेपालमा कोरोना महामारी रोक्न अमेरिकाले तीव्ररुपमा काम गरिरहेको छः विदेशमन्त्री ब्लिन्केन

Spread the love

अमेरिकाले नेपालमा व्यापकरुपमा फैलिरहेको कोरोना महामारी रोक्नका लागि तीव्ररुपमा समस्याको सम्बोधन गर्न सुरु गरेको बताएको छ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले त्यसै क्रममा अमेरिकाले पहिलो खेपका स्वास्थ्य सामग्री पठाइसकेको बताएका छन्।

उनले पहिलो खेपमा स्वास्थ्यकर्मीहरुको सुरक्षाका लागि अति महत्वपूर्ण हुने उपकरण तथा सामग्री पठाइएको र यसैगरी शृंखलावद्ध उडानमार्फत् नेपाललाई सामग्री पठाइने उनले जनाएका छन्।

ब्लिन्केनले नेपालमा कोभिड १९ को भएको बृद्धिपछि तीव्र रुपमा त्यो काम गरेको बताएका हुन् ।

‘हामीले नेपालमा ५ करोड डलर भन्दा बढि सहयोग गरिसकेका छौं,’ उनले भनेका छन्।

हिजो अमेरिकी सहयोग नियोग यूएसएडले नेपालमा आपतकालीन सहयोगका लागि स्वास्थ्य सामग्रीले भरिएको हवाइजहाज नेपाल पठाएको जनाएको थियो।

यूएसएडका अनुसार उसले पठाउन लागेका तीनमध्ये एक जहाज काठमाडौंका लागि छुटिसकेको हो।

सो जहाजमा स्वास्थ्यकर्मीका लागि सर्जिकल मास्क, फेस सिल्ड, पञ्जा पठाइएको छ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *