माधवले एमाले सांसदको हस्ताक्षर दुरुपयोग गरेको खुलासा, सुरेन्द्र पाण्डे र गोकर्ण बिष्टको कडा आपत्ति

Spread the love

स्रोतको  जानकारीअनुसार पाण्डे र बिष्टले कार्यदलको बैठकबाटै आफ्नो हस्ताक्षर प्रयोग नगर्न नेपाललाई भनेका छन । ‘मेरो त्यो पुरानो हस्ताक्षर प्रयोग नगर्नाेस, बिपक्षीलाई हस्ताक्षर गरेर प्रधानमन्त्री बनाउने खेलमा लागिन्न,’ कार्यदलको बैठकबाटै नेपाललाई फोन गरेर पाण्डे र बिष्टले भन्नुभएको थियो । कार्यदल बैठक सुरु हुनै लाग्दा नेपालले आफूहरुसहित एमालेका २७ जना सांसदको हस्ताक्षर बिपक्षी गठबन्धनमा प्रयोग गर्नुभएको थियो ।

नेपालको सो काम अबैधानिक समेत छ । संबिधानको धारा ७६ को उपधारा ५ अनुसार सरकार गठनको आह्वान गर्दा संसदीय दलको नेता नभए पनि जुनसुकै सांसद प्रधानमन्त्रीको दावी गर्न पाउँछ । तर पार्टी बिभाजन नभएको अवस्थामा अर्काे दलको नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्न मिल्दैन ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *