माधव नेपाललाई ४१ एमाले सांसदको साथ, हस्ताक्षर संकलन

Spread the love

काठमाडौं ।

नेकपा एमालेका नेता माधवकुमार नेपाललाई पार्टीका ४१ जना प्रतिनिधि सभाको सांसदले साथ दिने भएका छन् । उनीहरुले नेपालले लिने कदममा साथ दिने गरी हस्ताक्षर समेत गरेका छन् ।एमालेका १२१ सांसदमध्ये ४१ जना सांसदले नेपाललाई साथ दिई हस्ताक्षर गरे प्रधानमन्त्रीमा केपी शर्मा ओलीको विकल्प खोज्ने पक्षमा पुगेको बुझिएको छ । नेता नेपाल निकट एक सांसदले बताए अनुसार हस्ताक्षर गर्नेमा अधिकांश प्रत्यक्ष निर्वाचित सांसद छन् ।नेता नेपाल प्रधानमन्त्रीको मुख्य दाबेदार बनेपछि उनको पक्षमा बढी सांसद देखिएका हुन् । हस्ताक्षर गर्नेमध्ये थपिएका सांसदले नेपाललाई प्रधानमन्त्रीका रुपमा अगाडि सार्ने अवस्थामा साथ दिएको बुझिएको छ । ओलीविरोधी गठबन्धनले नेपाललाई प्रधानमन्त्रीका रुपमा सार्ने सम्भावना बढेको छ ।यसअघि नेपाल समूहमा २० प्रत्यक्ष र ८ समानुपातिक गरी २८ जना सांसद खुलेका थिए । नेपाल समूहले थप सांसदहरुको हस्ताक्षरको प्रयास गरिरहेको बुझिएको छ । यसका लागि उनका विश्वासपात्रहरु सक्रिय भएका छन् ।प्रतिनिधिसभामा २७५ सदस्य संख्यामध्ये ४ निलम्बित र ४ सिट खाली छ । कुल २६७ मा काँग्रेसका ६१, माओवादी केन्द्रका ४९ र जसपाको उपेन्द्र यादव समूहका १६ गरी १२६ सदस्य संख्या पुग्छ । माधव नेपाल समूहले ४१ सांसद पुर्याएको अवस्थामा १६७ सदस्य संख्या पुग्छ ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *