काठमाडौँ । देशका विभिन्न प्रयोगशालाहरुमा शुक्रबार २३ हजार २२६ जनाको नमुना परीक्षण गर्दा ८६०७ जनामा कोरोनाभाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ । यी सहित हालसम्म कोरोनाबाट संक्रमण हुने संक्रमितको संख्या ४ लाख ९७ हजार ५२ पुगेको छ।
पछिल्लो २४ घण्टामा जना कोरोनाबाट ७ हजार ८ सय ९० जना निको भएका छन्। विगत २४ घण्टामा नेपालमा कोरोनाभाइरस सङ्क्रमणको कारण थप १७७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। यो वृद्धिसँगै कोभिड १९ बाट मृत्यु हुनेको सङ्ख्या ६ हजार २४ पुगेको छ । त्यसैगरि सक्रिय संक्रमित १४ हजार ७ सय २४ छन् भने क्वारेन्टाइनमा ७५ जना रहेका छन् ।