प्रतिगमन दोश्रो चरणको डटेर प्रतिवाद गरौं : माधव नेपाल

Spread the love

काठमाडौं ।

नकपा (एमाले)का वरिष्ठ नेता माधवकुमर नेपालले संसद विघटन गरेर फेरि प्रतिगमन दोहोरिएको टिप्पणी गरेका छन् ।

षड्यन्त्रकारीको उक्साहाटमा संसदको चीरहरण भएको भन्दै उनले यो यो व्यवस्था नै ‘कू’ गर्ने अग्रसरता भएको आरोप लगाएका छन्। ‘षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको छ,’ नेपाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रतिगमन दोहोरिएको छ। संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उदघोष जालझेल हो । यो व्यवस्था नै कू गर्ने अग्रसरता हो ।’

शीतल निवासले संविधानको मर्ममाथि कुठाराघात गरेको भन्दै नेता नेपालले यसको प्रतिवाद गर्न आह्वान गरेका छन्। ‘शीतल निवासले संविधानको मर्मलाई कुठाराघात गरेको छ,’ उनको भनाइ छ, ‘यो प्रतिगमन भाग २ हो। केपी ओलीको यो कदमको भर्त्सना गर्दछु। यसको प्रतिवाद डटेर गर्न आह्वान गर्दछु ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *