देउवाप्रति आक्रामक प्रधानमन्त्री ओली, प्रचण्डलाई गुरु थापेर प्रचण्डपथमा हिँडेको आरोप

Spread the love

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताले भोगिरहेको समस्याबाट ध्यान अन्यत्र मोड्न खोजिएको भन्दै गुनासो पोखेका छन् । उनले राजनीति र लोकतान्त्रिक प्रक्रियाप्रति वितृष्ण बढ्ने प्रवृत्तिहरु आफूहरुले झेल्दै आएको पनि स्मरण गराए । बालुवाटारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले संविधानको सिर्जनात्मक प्रयोग गरेर देशलाई अघि बढाउने स्पष्ट पारे । उनले भने-“लोकतन्त्र सिध्याउन हिँडेका शक्ति, हिंसालाई निरन्तरता दिन नसकेपछि शान्त्रिपूर्ण बाटोमा आउनु एउटा कुरा हो, तर शान्तिपूर्ण माध्यमबाट सत्ता कब्जा गर्न नसकेपछि, तरिका परिवर्तन भयो, उहाँहरुकै शब्दमा ट्याक्टिकल मुभबाट, शान्तिपूर्ण बाटोमा आएर पनि सत्ता कब्जा गर्ने नीति हुनु, कुनै पक्षको यो नीति हुनु कुनै अनौठो होईन् । उहाँहरु हिंसाको मार्गमा हिँड्नुभएकै हो ।”

उनले केपी ओलीले गराएको चुनावमा नेपाली कांग्रेसले भाग लिँदैन भनेर कांग्रेस सभापति शेरबहादुर देउवाले भनेको उल्लेख गर्दै भने-“यो कुन लोकतान्त्रिक परिभाषाअन्तर्गत, कुन संवैधानिक परिभाषाअन्तर्गत कुन प्रणालीको, कुन प्रक्रियाको कुरा हो ? फलानाले गरेको चुनावमा भाग नलिने ? कसले गरेको चुनावमा चाहीँ भाग लिनुपर्ने ? जनताले छानेको नहुने ? अहिलेको प्रधानमन्त्री देशमा सबभन्दा बढि लोकप्रिय मत हाँसिल गरेको पार्टी, चुनावमा नजाने ? कुन डेमोक्रेसीको परिभाषाभित्र पर्छ यो ? नेपाली कांग्रेस उत्तेजना र आवेशमा प्रचण्डपथ, प्रचण्डलाई गुरु थापेर प्रचण्डपथमा, आफूले चुनाव गराउनुपर्ने, चुनाव जितेको भए सरकार बनाए हुन्थ्यो नि । आँफैले गरेको चुनावमा उहाँहरु २३ सिटमा झरेको होईन ?”


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *