सैन्य कूबाट राज्यसत्ता हत्याइएको म्यानमार अब गृहयुद्धको बाटोमा लागेको स्पष्ट देखिएको छ। लोकतन्त्र खोसिएपछि आक्रोशित बनेका स्थानीयको आक्रमणमा
परी ४० सैनिकको मृत्यु हुनुका साथै सयौं घाइते भएका छन्। सैनिक र स्थानीय विद्रोहीबीच आइतबार झडप भएको थियो। विद्रोहीले मो बायको एक प्रहरी थाना
कब्जा गरेका थिए। म्यानमारका कतिपय स्थानमा गृहयुद्धको त्रासले स्थानीय पलायनसमेत हुन थालेका छन्। – एजेन्सी