प्रशिक्षक लुइस एनरिकले आगामी जुन ११ देखि हुने युरोकपका लागि स्पेनीस टोलीको घोषणा गरेका छन्। टोलीमा रियल मड्रिडका कुनै पनि खेलाडीले स्थान बनाउन सकेनन्। मुख्य प्रतियोगितामा राष्ट्रिय टोलीमा रियल मड्रिडका खेलाडी नपरेको स्पेनिस फुटबल इतिहासमा पहिलोपटक हो। रियलबाट सर्जियो रामोस र नाचो फर्नान्डेजले स्पेनिस टोलीमा स्थान बनाउन सक्ने आशा गरिएता पनि एनरिकले दुवैलाई टोलीमा राखेनन्। -एजेन्सी
