सभामुख सापकोटाले पूर्व सभामुखसँग परामर्श गर्दै

Spread the love

काठमाडौं ।

प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले संसद विघटनपछिको अवस्थाको बारेमा छलफल गर्न पूर्व सभामुखहरुसँग परामर्श गर्न भएका छन् ।

मंगलबार दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बोलाइएको बैठकमा पूर्वसभामुखहरुसँग पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न लागिएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।

गत शुक्रबार राति राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा प्रतिनिधि सभा भंग गरेर मध्यावधि चुनावको मिति घोषणा गरेपछि सभामुख सापकोटाले शीर्ष नेताहरु एवं संविधानविद्हरुसँग परामर्श गरी यो कदमको विरोध गरेका थिए ।

संसद विघटनको विरोध गर्दै १४६ सांसदले सोमबार सर्वाेच्च अदालतमा मुद्दा समेत दायर गरिसकेका छन् ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *