विपक्षी गठबन्धनका नेताबीच सिंहदरबारमा छलफल जारी

Spread the love

काठमाडौं ।

प्रतिनिधिसभा विघटनको विपक्ष र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन बहुमत सदस्यको दावीसहित रिट दायर गरेका विपक्षी गठबन्धनका शीर्ष नेता छलफलमा जुटेका छन् ।

सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमालेबाट निष्कासित माधवकुमार नेपाल र जसपाका

उपेन्द्र यादवलगायतका नेताहरूको बैठक जारी छ ।

संसद विघटन र मध्यावधि निर्वाचनको घोषणाविरुद्ध राजनीतिक र कानूनी लडाइँ लड्ने उद्घोष गरेका विपक्षी गठबन्धनका नेताहरू भावी रणनीतिका लागि छलफलमा जुटेका छन् ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *