अक्सिजन सिलिन्डर उत्पादन अब नेपालमै

Spread the love

अक्सिजन सिलिन्डर उत्पादन नेपालमै गर्ने तयारी भइरहेको छ।

नेतृत्वकर्ता नेपाल विज्ञान तथा प्रतिष्ठान (नास्ट) का अनुसार अक्सिजन सिलिन्डरको दोस्रो परीक्षण सफल भएको छ।

अब अक्सिजन सिलिन्डरको व्यावसायिक उत्पादनका लागि निजी क्षेत्रलाई पनि खुला गर्ने तयारी भइरहेको नास्टका अधिकारीले बताएका छन्।

अधिकारीका अनुसार पहिलो चरणको परीक्षणबाट देशमा आवश्यक अक्सिजन सिलिन्डर पूर्ति गर्न सकिने प्रमाणित भएको थियो भने दोस्रो चरणको परीक्षण आइतबार राति गरिएको हो।

यस क्रममा सिलिन्डरले ५ सय १५ प्रतिवर्ग सेन्टिमिटरसम्म चाप धान्ने देखिएको नास्टले जनाएको छ।

कोरोना संक्रमितको उपचार क्रममा देशव्यापी रूपमा अक्सिजन सिलिन्डर अभाव भएपछि नेपालमै यसको उत्पादन गर्न सकिन्छ कि सकिन्न भनेर नास्टले परीक्षण सुरु गरेको थियो।

दुवै चरणको परीक्षण सफल भएपछि अब यसको उत्पादनका लागि निजी क्षेत्रलाई समेत खुला गर्ने तयारी गरिएको हो।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *