भारतबाट सिंगापुर जाँदै गरेको कार्गो जहाजमा ६ दिनयता भिषण आगलागी जारी

Spread the love

भारतबाट सिंगापुर जाँदै गरेको एउटा कार्गो जहाजमा ६ दिनयता भिषण आगलागी जारी छ।

समुद्रमा तैरिरहेको सिंगापुरको एमभी एक्स–प्रेस पर्ल जहाजमा ६ दिनयता आगलागी भइरहेको हो।

एपीका अनुसार श्रीलंकाको राजधानी कोलम्बो हुँदै सिंगापुर गइरहेको सो कार्गो जहाजमा आगलागीसँगै विस्फोट पनि भएको छ।

श्रीलंकाका अधिकारीहरुका अनुसार श्रीलंकाका नौ सेनाले चालक दलका २५ सदस्य सबैको उद्धार गरिसकेका छन्।

सो जहाजमा फिलिपिन्स, चीन, भारत र रुसका नागरिकहरु कार्यरत थिए।

अधिकारीहरुका अनुसार गत मे १५ मा भारतको हाजिरा बन्दरगाहबाट १ हजार ४ सय ८६ कन्टेनर सामान बोकेर सिंगापुरको ध्वजावाहक उक्त पानीजहाज सिंगापुरको लागि तैरिएको थियो।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *