भारतले नेपालमा अहिले भइरहेको तीव्र राजनीतिक घट्नाक्रमलाई जानकारीमा लिइरहेको बताएको छ।
तर यी घट्नाक्रम नेपालका आन्तरिक मामिला भएका कारण नेपालले आफै सम्हाल्नुपर्ने औपचारिक प्रतिक्रिया जनाएको छ।
‘नेपालमा अहिले भइरहेका राजनीतिक विकासक्रमलाई हामीले जानकारीमा लिएका छौं। यसलाई हामी नेपालको आन्तरिक मामिलाको रुपमा लिन्छौं र उनीहरुको आफ्नै आन्तरिक ढाँचा र लोकतान्त्रिक प्रक्रियाअन्तर्गत नै समाधान गर्नुपर्छ भन्ने हाम्रो धारणा हो,’ भारतको विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले बताएका छन्।
नेपालको पछिल्लो राजनीतिक घट्नाक्रमबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा उनले सो प्रतिक्रिया जनाएका हुन्।
‘प्रगति, शान्ति, स्थिरता र विकासमा नेपाल र नेपाली जनताको यात्रामा एउटा छिमेकी र मित्रको रुपमा भारतले अविचलितरुपमा साथ दिइरहन्छ,’ उनले भनेका छन्।