काठमाडौँ।
गत २४ घण्टामा काठमाडौँ उपत्यकामा १,४९३ जनामा कोरोना सङ्क्रमण देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आज दिइएको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार काठमाडौँमा सर्वाधिक थप १,१३९ जनामा, भक्तपुरमा थप ११३ जनामा र ललितपुरमा थप २४१ जनामा कोरोना सङ्क्रमण देखिएको हो। यो देशभरको गत २४ घण्टाको कूल सङ्क्रमणको २२.२४ प्रतिशत हो। यो दर घट्ने क्रममा छ, अर्थात् उपत्यकाबाहिर सङ्क्रमण बढ्दो छ।