युनाइटेडलाई हराउँदै भिल्लारियलले जित्यो युरोपा लिगको उपाधि

Spread the love

काठमाडौं।

स्पेनिस क्लब भिल्लारियलले युरोपा लिग फुटबलको उपाधि जितेको छ।गएराति भएको फाइनलमा म्यानचेस्टर युनाइटेडलाई टाइब्रेकर ११–१० गोलले हराउँदै भिल्लारियलले उपाधि उचालेको हो।निर्धारित र थप गरिएको समयमा १–१ को बारबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको हो।टाइब्रेकरमा युनाइटेडका गोलरक्षक डेभिड डि जियाले गोल गर्न सकेनन्।भिल्लारियलका मोरेनोले २९ औं मिनेटमा गोल गरी अग्रता दिलाए पनि युनाइटेडका लागि काभानीले ५५ औं बराबरी गरेका थिए।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *