सर्वाेच्च अदालतमा दर्ता ३० रिटमध्ये १९ वटाको सुनुवाइ आजदेखि

Spread the love

प्रतिनिधि सभा विघटनविरुद्ध सर्वाेच्च अदालतमा दर्ता रिटमध्ये १९ वटाको सुनुवाइ आज (बिहीबार) सुरु हुने भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रोपटक गत शुक्रबार राति संसद् भंगविरुद्ध गरेपछि सर्वाेच्च अदालतमा ३० रिट दर्ता भएका छन्।

तीमध्ये १९ रिटको सुनुवाइ आज बस्ने नियमित इजलासमा सुरु हुने भएको हो। बाँकी ११ रिटको सुनुवाइ भने भोलि शुक्रबार बस्ने नियमित संवैधानिक इजलासमा सुरु हुनेछ।

३० रिटमध्ये ४ वटा भने प्रधानमन्त्री ओलीकै पक्षबाट दर्ता गरिएका छन्। आन्तरिम आदेश माग गर्दै परेका १९ रिट एकै प्रकृतिका भएकाले सबैलाई एकै ठाँउ राखेर आज सुनुवाइ गर्न लागिएको सर्वोच्च अदालतले जनाएको छ।

विपक्षीबाट दायर रिटमा प्रधानमन्त्री ओलीले यसअघि सर्वोच्च अदालतले गरेको संसद् विघटन बदरको फैसलाअनुसार सरकार गठनका सबै विकल्प पूरा नगरिएकाले फेरि संसद् पुनःस्थापना गर्न माग गरिएको छ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *