संविधान र कानूनका विज्ञसँग परामर्श गर्दै सभामुख सापकोटा

Spread the love

 काठमाडौं ।

सभामुख अग्नि सापकोटाले संसद विघटनका विषयमा परामर्श जारी राखेका छन् ।यसअघि पूर्वसभामुखहरुसँग परामर्श गरेका उनले बिहीबार संविधान, कानून र न्यायिक क्षेत्रका विज्ञ, विशेषज्ञहरुसँग परामर्श थालेका हुन् । दिउँसो एक बजेदेखि संसद भवनको ल्होत्से हलमा परामर्श गर्न लागिएको सभामुखको सचिवालयले जनाएको छ ।यसअघि सभामुख सापकोटाले पूर्व सभामुखहरुसँग छलफल गरेका थिए । उक्त छलफलमा पूर्व सभामुखहरुले पनि संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक भएको भन्दै सबै मिलेर त्यसको विरुद्धमा लड्नुपर्ने निश्कर्ष निकालेको थियो । सभामुख सापकोटाले पनि विज्ञप्ती निकालेर संसद् विघटन गर्ने कदम असंवैधानिक भनेका थिए ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *