कोरोना उत्पत्तिबारे अनुसन्धान गर्ने अमेरिकी निर्णयप्रति चीन आक्रोशित

Spread the love

काठमाडौं।

चिनियाँ प्रयोगशालाबाट कोरोना भाइरसको उत्पत्ति भएको भन्ने विषयमा थप अनुसन्धान गर्ने अमेरिकी प्रयासको चीनले निन्दा गरेको छ।अमेरिकी राष्ट्रपति जो बाइडनले भाइरसको उत्पत्तिबारे अनुसन्धान गरेर गुप्तचर निकायले तयार पार्ने प्रतिवेदन सार्वजनिक हुने अपेक्षा रहेको बताएका थिए। चिनियाँ विदेश मन्त्रालयले अमेरिकाले राजनीतिक आवरण दिएर अरूलाई दोषी देखाएको उल्लेख गरेको छ। चीनले कोभिड–१९ र चीनको वुहान प्रयोगशालाबीच कुनै सम्बन्ध नरहेको पनि जनाएको छ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *