काठमाडौं ।
उपप्रधानमन्त्री ईश्वर पोखरेलले भेरी अस्पतालमा डाक्टर तथा नर्सहरुमाथि भएको कुटपिटको घट्नामा संलग्न दोषीहरुलाई तत्काल कारबाही गर्न निर्देशन दिएका छन् । बाँकेका सिडिओ शिवराम गेलाललाई आज फोन गरेर उपप्रधानमन्त्री पोखरेलले यस्तो निर्देशन दिएको पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए । उपप्रधानमन्त्री पोखरेलले उक्त घट्नाको अप्रिय भन्दै यसमा संलग्न दोषीहरुलाई तत्काल कारबाही अघि बढाउन निर्देशन दिएका थिए । पोखरेलले उक्त घट्ना अमानवीय र गम्भीर अपराध भएको पनि उल्लेख गरेका थिए ।उहाँले स्वास्थ्यकर्मीहरुको सुरक्षामा विशेष ध्यान दिन पनि निर्देशन दिनुभएको छ।” संकटको यो घडीमा आफ्नो ज्यानको परवाह नगरी जनताको जीवनरक्षामा खटिएका स्वास्थ्यकर्मीहरुको मनोबल उच्च राख्न र उनीहरुको सुरक्षाको प्रत्याभूति गर्न पनि उपप्रधानमन्त्री पोखरेलले जोड दिएका थिए । पाण्डेकाअनुसार सिडिओले अहिलेसम्म घट्नामा संलग्न तीन जनालाई पक्राउ गरिएको र छानबिन समिति समेत गठन गरिएको कुरा उपप्रधानमन्त्री पोखरेललाई ब्रिफिङ गरेका थिए ।