युभेन्टस प्रशिक्षक पिर्लोले क्लब छाडे

Spread the love

काठमाडौं।

इटालियन महारथी युभेन्टसका मुख्य प्रशिक्षक आन्द्रे पिर्लोले क्लब छाडेको जनाएको छ। पिर्लोले गत सिजन २ वर्षका लागि युभेन्टससँग सम्झौता गरेका थिए। तर ४२ वर्षे पिर्लोले एक वर्षको समय बाँकी हुँदै क्लब छाडेका छन्। पूर्वमिडफिल्डर पिर्लोको प्रशिक्षणमा युभेन्टस इटालियन सिरी ए को उपाधि जित्न असफल भएको थियो। युभेन्टसले पूर्वप्राशिक्षक मासिमिलियानो एलेग्रीलाई अनुबन्ध गर्ने सम्भावना छ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *