इराकविरुद्ध नेपालको मैत्रीपूर्ण फुटबल आज

Spread the love

नेपालले आज इराकसँग मैत्रीपूर्ण फुटबल खेल्दैछ। विश्वकप छनोट प्रतियोगिताको तयारीका लागि नेपालले आज इराकविरुद्ध खेल्न लागेको हो। इराक फिफा वरियाताको ६८औं स्थानमा छ। नेपाल भने १७१औं स्थानमा छ। खेल इराकको बस्रास्थित अल फायहा रंगशालामा नेपाली समयअनुसार राती १०ः१५ बजे हुनेछ। अब्दुल्लाह अल्मुताइरीको मुख्य प्रशिक्षणमा नेपालको पहिलो खेल हो। प्रशिक्षक अल्मुताइरीले इराकविरुद्ध नतिजामा भन्दा राम्रो प्रदर्शनमा ध्यान दिइने बताएका छन्।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *