काठमाडौं।
नेपालले आज इराकविरुद्ध मैत्रिपूर्ण फुटबल खेल्दैछ । इराकको बसरास्थित अल्फायहा अन्तराष्ट्रिय मैदानमा नेपालले घरेलु टिमसँग खेल्नेछ । नेपाल र इराकबीचको खेल नेपाली समय अनुसार राति पौने ११ बजे सुरु हुनेछ ।अन्तराष्ट्रिय फुटबल महासंघ फिफा वरीयतामा नेपाल भन्दा निकै माथि रहेको इराक विरुद्ध मैत्रीपूर्ण खेलका लागि २३ खेलाडीसहित ३६ सदस्सीय नेपाली टोली बुधबार नै बसरा पुगिसकेको छ ।सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप तथा एसियन कप छनोट अन्तर्गत बाँकी खेलको तयारीका लागि नेपालले आफु भन्दा उच्च वरीयताको टिम इराकसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।