संसद् विघटनविरुद्ध मुद्धाको पेशी मंगलबार तोकियो

Spread the love

काठमाडौं ।

प्रतिनिधिसभा विघटनविद्ध परेका रीटको सुनुवाइका लागि मंगलबार संवैधानिक इजलासमा पेशी तोकिएको छ । आइतबार न्यायाधीशबारे नै बहस भएपछि विघटनविरुद्धको मुद्धा मंगलबार पेसीका लागि तोकिएको छ ।

आइतबारको रिट निवेदकतर्फबाट बहसमा सहभागी भएका वकिलहरुले संवैधानिक इजलासको गठनमाथि प्रश्न उठाएका छन् ।

बसहको सुरुवातमा अधिवक्ता गोविन्द बन्दीले इजलासमा न्यायाधीशहरु बमकुमार श्रेष्ठ र तेजबहादुर केसीलाई राखिएकोमा प्रश्न उठाएका थिए । अहिलेको राजनीतिक परिस्थिति उत्पन्नसँगै नेकपा विभाजन गर्ने सर्वोच्चको फैसलामा श्रेष्ठले त्यो आदेश दिएको र केसीले त्यसमाथि पुनरावलोकन दिन अस्वीकार गरेको भन्दै अधिवक्ता बन्दीले दुवै इजलासमा हुन नपर्ने माग राखेका छन् ।

बन्दीपछि वरिष्ठ अधिवक्ता शम्भु थापाले पनि यस विषयमा प्रष्ट पारेका थिए । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा राणाले ‘त्यो फैसला र यो मुद्दामा के जोडिएको छ ? यसरी बहस गर्न मिल्दैन ।’ भनेका थिए ।

साथै, प्रधानन्यायाधीशले अरुलाई झैं प्रश्न गरे, मेरो के हुन्छ ? भन्दै प्रश्न गरेका थिए । थापाले ‘लिभमा बसे भैहाल्छ’ भन्दै जवाफ दिएका थिए ।

संसद् विघटनसम्बन्धीको मुद्धा मंगलबार पेशीमा तोकिएको छ भने संवैधानिक इजलासमा न्यायाधीशहरु श्रेष्ठ र केसी रहने÷नरहनेबारे सोमबार निर्णय हुने बताइएको छ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *