एसईई र कक्षा १२ को वैकल्पिक परिक्षाको लागि बोर्डले मन्त्रालयसँग माग्यो अनुमति

Spread the love

काठमाडौं ।

कोरोना महामारीका कारण यस वर्षको. एसईई र कक्षा १२ को परिक्षा भौतिक रुपमा गराउन असम्भव भएपछि सरकारले वैकल्पिक विधिबाट परिक्षा लिने तयारी गरिरहेको छ । यसका लागि राष्ट्रिय परिक्षा बोर्डले कोरोना महामारीमारी तत्काल नहट्ने संकेत देखिएपछि उच्च माध्यमिक शिक्षा परीक्षा – एसईई वैकल्पिक विधिबाट गराउने निर्णयमा पुगेको छ ।

बोर्डले त्यसका लागि शिक्षा मन्त्रालयसँग अनुमति मागेको र मन्त्रालयबाट अनुमति लिएपछि परिक्षा अगाडी बढाउने जनाएको छ ।

जेठ १३ गतेदेखि एसईई र जेठ २६ गतेदेखि कक्षा १२ को परीक्षा सुरु गर्ने तयारी गरेकोमा कोरोना संक्रमणका कारण बैशाख २७ गते दुबै परिक्षा स्थगित गरेको थियो । गत वर्ष विद्यालय आफैले आन्तरिक मूल्यांकन गरी पठाएको अंकका आधारमा बोर्डले नतिजा निकालेको थियो।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *