आज सुनचाँदीको मुल्य बढ्यो

Spread the love

काठमाडौं।

आज नेपाली बजारमा सुनको मुल्य बढेको छ । सोमबार सुनको मुल्य तोलामा २ सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुनको मुल्य प्रतितोला ९४ हजार २ सय रुपैयाँ कायम भएको छ । आइतबार प्रतितोला ९४ हजार रुपैयाँमा खरिद विक्रि भएको थियो ।त्यस्तै, आइतबार ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ । यसैगरी, सोमबार चाँदी ५ रुपैयाँले बढेर प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भैरहेको छ । हिजो प्रतितोला १३ सय ५५ रुपैयाँमा खरिद विक्रि भएको थियो ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *