राष्ट्रियसभाको उपनिर्वाचनमा नेपाली कांग्रेसका पाण्डेय विजयी

Spread the love

काठमाडौं ।

लुम्बिनी प्रदेशको राष्ट्रियसभाको उपनिर्वाचनमा दृगनारायण पाण्डेय विजयी भएका छन् । उनी नेपाली कांग्रेसका उम्मेद्धवार हुन् । पाण्डेयले एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई हराएका हुन् ।नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई हराउँदै पाण्डेय निर्वाचित हुनुभएको हो । पाण्डेयले ४१४० मत ल्याउँदा खड्काले ३५९४ मत पाउनुभयो ।पाण्डेयलाई कांग्रेससहित नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष र नेकपा एमालेको माधवकुमार नेपाल पक्षले सहयोग गरेको थियो ।लुम्बिनी प्रदेश सभामा एमालेबाट निर्वाचित हुनुभएका पाण्डेयले गत वैशाख १९ गते राजीनामा दिनुभएको थियो । उहाँ २०७४ सालको निर्वाचनअघिमात्रै कांग्रेसबाट एमाले प्रवेश गर्नुभएको थियो ।माओवादी केन्द्रबाट निर्वाचित खड्का एमाले प्रवेश गरेपछि राष्ट्रिय सभामा एक पद रिक्त भएको थियो ।उपनिर्वाचनमा कूल ३ सय मतदाता रहकोमा २ सय ९७ जनाले मतदान गर्नुभएको थियो ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *