४ हजार ७६२ संक्रमित थपिँदा ६ हजार ४९१ निको भए

Spread the love

गएको २४ घण्टामा नेपालमा ४ हजार ७६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

१७ हजार ४८० जनाको परीक्षणका क्रममा सो संख्यामा संक्रमित देखिएका हुन्, जसमा १५ हजार ५५ जनाको पीसीआर र २ हजार ४२५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

आज ११४ जनाको निधन भएको छ। यो सँगै कोरोना संक्रमणका कारण निधन हुनेको संख्या ७ हजार ३८६ पुगेको छ।

आज ६ हजार ४९१ जना संक्रमणमुक्त भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

हिजो ४ हजार ३६६ संक्रमित थपिएका थिए भने ६ हजार २०५ संक्रमणमुक्त भएका थिए। १०९ जनाको निधन भएको थियो।

आजसम्म नेपालमा ५ लाख ६१ हजार ३०२ जना संक्रमित भएकोमा ४ लाख ४७ हजार ४४६ जना निको भएका छन्।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *