काठमाडौँ ।
संबैधानिक इजलासमा वरिष्ठताका आधारमा न्यायाधीशहरू राख्न नियममा नै संशोधन गरिने भएको छ ।प्रधानन्यायधीश चोलेन्द्र शम्शेर जवरा र सर्बोच्च बारका पदाधिकारीबीच आज नियम संशोधन गर्ने सहमति जुटेको हो ।संवैधानिक इजलासमा छनोट भएका न्यायाधीशका विषयमा विभिन्न टिप्पणी भएपछि आज सर्वोच्च अदलातका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवरा र सर्वोच्च बारका पदाधिकारीहरूबीच बैठक बसेको थियो ।बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले संवैधानिक इजलासमा वरिष्ठ न्यायाधीश तोक्ने विषयमा नियममा परिवर्तन गर्ने सहमति भएको जानकारी दिनुभयो ।उहाँले संवैधानिक इजलासमा वरिष्ठताका आधारमा न्यायाधीश तोक्ने र यसरी तोक्दा कुनै न्यायाधीशको कन्फ्लिक्ट अफ इन्ट्रेस्ट वा स्वास्थ्यका कारण आफू बस्न नसक्ने भए कारण उल्लेख गरी त्यसपछिको वरिष्ठतामा रहेका न्यायाधीशलाई तोक्ने सहमति भएको बताउनुभयो ।श्रेष्ठले यसका लागि सर्वोच्चको पूर्ण इजलासबाट पास गरी एक हप्ता भित्रै सो नियम परिवर्तन गर्ने सहमति भएको बताउनुभयो ।।