जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले उपेन्द्र यादवलाई पनि पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको छ । यादवलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निस्कासन गरिएको एक नेताले जानकारी दिए ।
महन्थले उपेन्द्रलाई कारवाही सम्बन्धी जानकारी निर्वाचन आयोगलाई पनि गराइसकेका छन् ।
यसअघि आजै उपेन्द्र यादव पक्षले महन्थ ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई कारवाही गरेको थियो ।
एकले अर्कोलाई कारवाही गरेपछि जसपा विभाजनले औपचारिकता पाउन मात्र बाँकी रहेको छ ।