प्रधानन्यायाधीशले गरे वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन

Spread the love

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गरेका छन्।

शुक्रबार गठित इजलासमा जबरासहित दीपक कुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडालाई संवैधानिक इजलासमा राखेका हुन्

विश्वम्भर श्रेष्ठ अस्वस्थ रहेका कारण उनको ठाउँमा ईश्वरप्रसाद खतिवडालाई ल्याइएको छ।

यसअघि संसद विघटनको मुद्दामा ‘चुज एण्ड पिक’को आधारमा इजलास गठन गर्दा विवाद भएको थियो।

प्रधानन्यायाधीश राणाले वरिष्ठताका आधारमा पहिलोपटक संवैधानिक इजलास गठन गरेका हुन्।

यसअघि वरीयताको अगाडि रहेकालाई छुटाएर पछाडि रहेका न्यायाधीशलाई पटक–पटक इजलासमा ल्याउँदै आएका थिए।

शुक्रबार संवैधानिक इजलासमा नागरिकता विधेयकसम्बन्धी रिटमा सुनुवाइ हुँदै छ।

अध्यादेशविरुद्ध वरिष्ठ अधिवक्ता वोर्णबहादुर कार्की, अधिवक्ताहरू विष्णुकुमारी गिरी, रामबहादुर शाही, कुलबहादुर बोगटी, वीरभद्र जोशी र मौलिक जरोकिलो पार्टीलगायतले रिट दायर गरेका छन्।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *