राजेन्द्र महतोको नेतृत्वमा जसपा सरकारमा, अहिले ८ बजे सपथ तय

Spread the love

काठमाडौं ।

जनता समाजवादी पार्टीको महन्थ ठाकुर नेतृत्वको समूह आजै सरकारमा सहभागी हुने भएको छ ।

वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा जसपाका १० जना नेता मन्त्रिपरिषद्मा सहभागी हुन लागेका हुन् । महतोले उपप्रधानसहित शहरी विकास मन्त्रालयको नेतृत्व सम्हाल्नेछन् ।

जसपा नेता केशव झाका अनुसार जसपाबाट शरतसिंह भण्डारीले ऊर्जा, अनिल झाले खानेपानी, विमल श्रीवास्तवले श्रम तथा रोजगार, उमाशंकर अरगरियाले वन, लक्ष्मणलाल कर्णले भूमिसुधार, चन्दा चौधरीले महिला र एकवाल मियाँले युवा तथा खेलकुद मन्त्रालय सम्हाल्नेछन् ।

जसपा नेता चन्द्रकान्त चौधरीले ऊर्जा राज्यमन्त्री र रेणुका गुरुङले महिला तथा बालबालिका राज्यमन्त्रीको जिम्मेवारी पाउनेछन् ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *