काठमाडौं ।
एमालेबाट निष्कासित नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली र भारतसँगको साँठगाँठ प्रष्ट देखिएको टिप्पणी गरेका छन् ।
हिजो पुनर्गठित मन्त्रिमण्डलमा जनता समाजवादीलाई सामेल गरेको विषयमा नेता नेपालले आफ्नो सत्ता जोगाउन ओलीले जस्तोसुकै अवाञ्छित र स्वदेशी तथा विदेशी प्रतिक्रियावादी शक्तिसँग मिल्ने गरेको आरोप लगाए ।
‘केपी ओलीको विचार र व्यवहारले नै मुलुकमा दक्षिणपन्थी शक्तिहरू उत्साहित भएका छन् । आगामी दिनमा वामपन्थी शक्तिहरूमाथि संकट थपिन सक्छ । हामीले चैतमै गरेको विश्लेषणले हिजो गरेको मन्त्रिमण्डल पुनर्गठन गर्नुभएको छ त्यसले प्रष्ट पारेको छ कि लोकतन्त्र, संविधानमाथि, परिवर्तनमाथि, वामपन्थमाथि संकट थोपर्नुभएको छ’, आफुनिकटका जिल्ला पदाधिकारीसँगको भर्चुअल छलफलमा उनले भने ।