काठमाडौँ
प्रतिनिधिसभा विघटनका विषयमा सर्वोच्च अदालतमा परेका रिट माथिको सुनुवाइ आज स्थगित भएको छ ।हिजोदेखि शुरु भएको सुनुवाइ हेर्दाहेर्दैमा राखी आजका लागि सुनुवाइ तोकिएकोमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा अस्वस्थ्य हुनुभएकोले स्थगित गरिएको हो । सर्बोच्चले आज प्रकाशित गरेको ‘कज लिस्ट’ मा संबैधानिक इजलासको सूचि सार्वजनिक गरेको छैन ।हिजो पनि प्रधानमन्त्रीका कानून व्यवसायीहरुले संबैधानिक इजलास गठनको विषयमा विवाद निकालेपछि विषयबस्तुमा इजलास प्रवेश गर्न पाएको थिएन ।पूनर्गठित संबैधानिक इजलासमा प्रधानन्यायाधिश राणासहित दीपक कुमार कार्की, मिरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई रहनुभएको छ ।