माधव नेपाललाई भेटेलगत्तै प्रचण्ड पुगे देउवा निवास बूढानीलकण्ठ

Spread the love

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) एमालेबाट निष्कासनमा परेका नेता माधवकुमार नेपालसँगको छलफल सकेर कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा पुगेका छन् ।

प्रचण्ड र नेपालबीच करिव पौने एक घण्टा कोटेश्वरमा वार्ता भएको थियो । एमाले अध्यक्ष केपी ओलीले एमाले एकताका लागि आह्वान गरे लगत्तै प्रचण्ड र नेपालबीच आइतवार राति पनि छलफल भएको थियो ।

नेपाल आफ्नै समूहभित्र पनि दबाबमा रहेका बेला प्रचण्डसँग अदालतमा विचाराधीन मुद्दा र पार्टीको आन्तरिक विषयमा छलफल भएको बताइएको छ ।

नेपाललाई भेटेलगत्तै प्रचण्ड अहिले देउवासँग छलफलका लागि बूढानीलकण्ठ पुगेका छन् ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *