प्रचण्डका कारण एकता विफल भएको भन्ने ओलीको भनाइ झुठ र भ्रामकः प्रचण्ड

Spread the love

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई झुठो आरोप लगाएको बताएका छन्।

‘प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डको कारण एकताको प्रयास सफल नभएको भन्ने भनाइ झुठ, भ्रामक र षड्यन्त्रपूर्ण छ,’ प्रचण्डले सोमबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘त्यस प्रकारको अभिव्यक्तिको घोर निन्दा र भर्त्सना गर्दछु।’

प्रधानमन्त्री ओलीले एमाले एकताका लागि भनी हिजो आइतबार बेलुका जारी गरेको वक्तव्यमा तत्काली एमाले र माओवादी पार्टी एकीकरण गरी बनाएको नेकपा सर्वोच्च अदालतको फैसलाका कारण नभई प्रचण्डका कारण फुटेको बताएका थिए।

ओलीले नेकपा एकीकृत राख्न आफूले निकै प्रयास गरे पनि अर्का अध्यक्ष प्रचण्डको अनिच्छाका कारण आफ्नो प्रयास सफल हुन नसकेको बताएका छन्।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *