सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज प्रदेशसभामा विश्वासको मत लिनुहुने भएको छ ।हिजो प्रदेशसभा सचिवालयमा विश्वासको मत लिने पत्र दर्ता भए अनुसार सरकारले हिजो विश्वासको मत लिन खोजेको तर नेपाली कांग्रेसले विरोध गरेपछि आजका लागि सरेको हो ।सुदूरपश्चिममा नेकपा (एमाले)को समर्थनमा माओवादी केन्द्रको नेतृत्वमा प्रदेश सरकार रहेकामा नेकपा एमाले स्थायी कमिटी बैठकले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएको थियो ।यसैबीच हिजो बसेको प्रदेशसभाको दोस्रो बैठकमा आर्थिक वर्ष २०७८/०७९ को पूर्व बजेटमाथि छलफल शुरु भएको छ ।