सुदूरपश्चिमका मुख्यमन्त्रीले पाए विश्वासको मत

Spread the love

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रीलोचन भट्टले विश्वासको मत पाएका छन्।एमाले माधव पक्षको समर्थन पाएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको पद जोगिएको छ ।मंगलबार प्रदेश सभामा भएको मतदानमा मुख्यमन्त्री भट्टलाई ३० सांसदले विश्वासको मत दिएका छन् । एमालेको खनाल-नेपाल समूहका १७ र माओवादी केन्द्रका १३ सांसदले पक्षमा मत दिएपछि मुख्यमन्त्री भट्टले विश्वासको मत पाउनुभएको हो ।५१ सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा बहुमतका लागि २७ मत आवश्यक थियो ।मुख्यमन्त्रीको विपक्षमा ९ मत खसेको थियो । कांग्रेसका १२ जना सांसद भने मतदानमा सहभागी भएनन् ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *