पूरानो नक्सा अंकित पुस्तक बिक्री गर्ने प्रकाशक र वितरकलाई कारबाही गरिने

Spread the love

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पुरानो नक्सा अंकित पुस्तक बिक्री वितरण गरेका भेटिएमा पुस्तक जफतसँगै प्रकाशक र वितरकलाई तत्लका कारबाही गर्न निर्देशन दिएको छ ।

पाठ्यक्रम विकास तथा मुल्याङ्‌कन परिषद्को‌ बुधबार सम्पन्न ८८औं बैठकमा मन्त्री कृष्णगोपाल श्रेष्ठले पुरानो नक्सा छापेर बिक्री गरेको पुस्तक जफत गर्न र कारबाही गर्न निर्देशन दिएका हुन्।

उनले भने, ‘तपाईंहरूले अनुगमन गर्नुस्, देशलाई आँच पुग्नेगरी पुरानो नक्सा उल्लेख गरी पुस्तक बिक्री गरेको पाइए तत्काल प्रहरी प्रशासन लगाएर कारबाही गर्नुस ।’

केही निजी प्रकाशकले नयाँ संस्करण उल्लेख गरी नेपालको पुरानो नक्सा छापेर पुस्तक बिक्री गरेको जानकारी पाएपछि मन्त्री श्रेष्ठले तत्काल त्यस्ता प्रकाशकलाई कारबाही गर्न दिएका छन् ।

साथै, मन्त्री श्रेष्ठले सरकारको आँखा छलेर पुरानो नक्सा उल्लेख गरी पुस्तक बिक्री गर्ने पुस्तक प्रकाशकमाथि तत्काल कारबाही गरिने बताएका छन् । उनका अनुसार प्रकाशक र वितरकलाई तत्काल स्पष्टीकरण सोध्ने, पुरानो नक्सा अंकित बजारमा बिक्री भएका पुस्तक जफत गर्ने र मन्त्रालयको निर्देशन अटेर गरे कानुन अनुसार अनुसार कारबाही गरिन्छ ।

अहिलेको नयाँ नेपालको नक्सामा लिम्पियाधुरा समेटिएको छ ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *