सोमबार अपरान्ह लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशसभामा विश्वासको मत मागेका छन् । प्रदेशसभाको बैठक भवनमा उनले विश्वासको मत दिन आग्रह गरेका हुन् ।
विश्वासको मत माग्दै उनले भने, मेरो नेतृत्वको सरकारले जनताको जीवनमा सुधार, स्वास्थ्य उपचारको ग्यारेन्टी गर्छ र समयसीमाभित्र पूर्ण जवाफदेही ढङ्गले ती विषयलाई सम्बोधन गर्छ ।’
प्रदेशसभामा विश्वासको मत माग्नुअगावै प्रतिपक्षी नेकपा एमालेले भने बैठक बहिस्कार गरेको छ ।एमालेले सांसद अजय शाही र विमलाकुमारी खत्री वलीलाई कारबाही नगरेसम्म प्रदेशसभाको बैठकमा सहभागी नहुने भन्दै बैठक बहिष्कार गरेको छ ।
मुख्यमन्त्रीले विश्वासको मत लिन बोलाएको बैठकमा एमालेका सांसद अनुपस्थित रहेका छन् ।