आईएसआईएसलाई लक्ष्य गरी अमेरिकाद्वारा हवाई हमला, काबुल विस्फोटका मुख्य योजनाकार मारिएको दाबी

Spread the love

अमेरिकाले अफगानिस्तानमा आईएसआईएसलाई लक्ष्य गरी हवाई हमला गरेको छ।

हमलामा १७० जनाको ज्यान जानेगरी बिहीबार काबुलको विमानस्थलमा बम विस्फोट गराउने मुख्य योजनाकार मारिएको दाबी अमेरिकी सेन्ट्रल कमान्डका प्रवक्ता क्याप्टेन बिल अर्बनले गरेका छन्।

विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, ‘अफगानिस्तानको नाङ्गाहार प्रान्तमा मानवरहित हवाई आक्रमण भएको छ। प्रारम्भिक जानकारीअनुसार ‘टार्गेट’ मारिएका छन्।’

उनले अगाडि भनेका छन्, ‘आक्रमणमा सर्वसाधारणलाई भने कुनै क्षति भएको छैन।’

यसअघि अमेरिकाका राष्ट्रपति जो बाइडेनले विस्फोट गराउनेलाई खोजीखोजी मार्ने चेतावनी दिएका थिए।

राष्ट्रपति बाइडेनकै अनुमतिमा आईएसआईएसलक्षित हवाई हमला गरिएको अमेरिकी सेनाले जनाएको छ।

यसैबीच काबुलस्थित अमेरिकी दूतावासले हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलमा अझै सुरक्षा खतरा रहेको बताउँदै आफ्ना नागरिकलाई सुरक्षित रहन आग्रह गरेको छ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *