मुलुकभर थप २४०१ जनामा कोरोना पुष्टि, १४ संक्रमितको मृत्यु

Spread the love

काठमाडौं ।

मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ हजार ३५६ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ११ हजार ६०३ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ८५१ जना र ४ हजार ७५३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ५ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ०६ हजार ६१७ पुगेको छ । सोही अवधिमा २ लाख ४६ हजार ७८३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल नेपालमा ३० हजार २४१ जना सक्रिय संक्रमितहरुका रहेका छन् ।

पछिल्लो २४ घण्टामा ७७७७ जना कोरोना मुक्त भए, १४ संक्रमितको मृत्यु

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ७ हजार ७७७ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ९ लाख २८ हजार ३६९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १६ हजार ३५६ जनाको परीक्षण हुँदा हालसम्म कुल ६३ लाख ०७ हजार ७९६ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १४ को मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ८५२ पुगेको छ ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *