काठमाडौं ।
आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत अन्तिम शृखंलाको आफ्नो दोस्रो खेलमा नेपालले आज युएईसँग खेल्दैछ ।
खेल कीर्तिपुरस्थित टीयु अन्तर्राष्ट्रिय मैदानमा बिहान साढे ९ बजेबाट सुरु हुनेछ ।
पहिलो खेलमा पपुवा न्युगिनीलाई पराजित गरेको नेपाल त्यही लय कायम राख्दै लगातार जित निकाल्ने लक्ष्यमा छ । यूएई भने पपुवा न्युगिनीसँग पराजित भएको थियो ।