दोहोरो अंकको गिरावट नेप्से

Spread the love

काठमाडौं

सेयर कारोबारको चौथो दिन आज नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ। नेप्‍से परिसूचक १३.६८ अंकले घटेर १८९२ विन्दुमा अडिएको छ।

सेन्सेटिभ इण्डेक्स २.११ अंकले घटेर ३६१.५५ विन्दुमा पुगेको छ। नेप्से ओरालो लागेसँगै कारोबार रकम मंगलबारको तुलनामा घटेको छ।  आज २६४ कम्पनीको २५ लाख ७१ हजार २०२ कित्ता सेयर ८४ करोड ७० लाख २८ हजार २१९ रुपैायाँमा खरिदबिक्री भयो।

अघिल्लो कारोबार दिन नेप्से परिसूचक १७.३६ प्रतिशतले बढेर १९०५.६८ विन्दुमा पुगेको थियो। सो दिन ८८ करोड बढिको सेयर कारोबार भएको थियो।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट शीर्षस्थानमा रह्यो। सो कम्पनीको ७ करोड १ लाख मूल्य बराबरको सेयर कारोबार भयो।

सर्वाधिक घाटामा भने सनराइज् ब्लुचिप फण्ड, तारागाउँ रिजेन्सी होटल, मानुसी लघुवित्त वित्तीय संस्था र गुराँस लघुवित्त वित्तीय संस्था रहेका छन् ।

त्यस्तै शिवम सिमेन्टस् ७ करोड १ लाख ६० हजार ४५७ रुपैयाँको कारोबारका साथ शीर्ष स्थानमा रहेको छ ।

आज उपसमूहतर्फ रहेका १३ वटै समूहको शेयर मूल्य घटेको छ । बुधबार बजार पूँजीकरण भने २७ खर्ब ५६ अर्ब रुपैयाँ रहेको छ ।

 


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *