एसीसी कपको उपाधीको लागि नेपाल र यूएई भिड्ने

Spread the love

काठमाडौं ।

एसीसी प्रिमियर कपको फाइनलमा नेपाल र यूएई भिड्ने भएका छन् ।

आज भएको सेमिफाइनल खेलमा नेपालले कुवेत र यूएईले ओमानलाई हराउँदै एक अर्कासँग भेट पक्का गरेका हुन् ।

नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याएको कुवेतले ८।३ ओभरमा ६ विकेटको क्षतिमा ३७ रन जोड्दा खेल वर्षाले रोकिएको थियो।

डिएलएस मेथड लागू गर्न २० ओभर खेलेको हुनु पर्ने तथा सुपर ओभर पनि गर्न सम्भव नभएपछि समूह चरणमा शीर्ष भएको आधारमा नेपालले विजयी हुँदै फाइनलमा प्रवेश गरेको हो।

उता यूएईले दिएको २३७ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङ थालेको ओमानले १९० रन बनाएपछि वर्षाले खेल प्रभावित भएपछि डीएलएस मेथडबाट २ रनले विजयी हुँदै नेपालसँगको भिडन्त पक्का गरेको हो ।
नेपाल र यूएईबीचको फाइनल खेल पर्सी सोमवार हुनेछ ।

 


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *