काठमाडौं ।
साताको पहिलो कारोबार दिन आज (आइतवार) सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ ।
आज सेयर बजार परिसूचांक नेप्सेमा १९. ११ अंकको गिरावट आएको हो ।
१९.११ अंकले गिरावट आउँदै नेप्से आज १८७०.६५ बिन्दुमा झरेको छ ।
आज २७१ कम्पनीको ३२ लाख ६ हजार ४५० कित्ता सेयर ९५ करोड ४३ लाख २२ हजार ३७७ रुपैयाँमा खरिदबिक्री भयो।
कारोबार रकमका आधारमा शिवम् सिमेन्ट शीर्षस्थानमा रह्यो। सो कम्पनीको ४ करोड २५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो।
यस्तै, नेपाल इन्भेस्टमेन्ट मेघा बैंकको ३ करोड ५७ लाख र तारागाउँ रेजेन्सीको ३ करोड ३१ लाख रुपैयाँको सेयर कारोबार भयो।
कारोबारमा आएका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएका छन्। डेभलपमेन्ट बैंक,हाइड्रोपावर,म्युचुअल फन्ड,अदर्श र ट्रेडिङ उपसमूहको सूचक १ प्रतिशत बढिले घटेको हो।
आज कारोबार भएका कूल २१९ कम्पनिहरु मध्ये १८९ कम्पनिको मूल्य घट्दा २६ कम्पनिका लगानिकार्ताले भने नाफा कमाएका छन् भने ४ कम्पनिको मूल्य स्थिर रहेको छ ।