नेपाल-यूएईको बाँकी खेल आज

Spread the love

काठमाडौं ।

नेपाल र संयुक्त अरब इमिरेटस (यूएई) बिचको फाइनल खेल आज पुनः हुँदै छ । एसीसी प्रिमियर कप क्रिकेटको सोमबारको खेल वर्षाका कारण रोकिएपछि आज बाँकी खेल हुन लागेको हो  ।

दुई पटक वर्षाले प्रभावित खेलमा यूएईले ९ विकेट गुमाएर १०६ रन बनाउँदा खेल स्थगित भएको थियो ।

आज त्यहीबाट खेल पुन: सुरु हुनेछ । नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा आएको यूएई नेपाली बलरको उत्कृष्ट बलिङपछि लगातार विकेट गुमाएको थियो ।

यूएईले खेल रोकिनुअघि २७.३ ओभर खेल्दै ९ विकेट गुमाएर १०६ रन बनाएको थियो । २८औं ओभरमा नेपालका ललित राजवंशीले लगातार दुई विकेट लिँदा यूएई अलआउट नजिक पुगेको थियो । ललितले उक्त ओभरको दोस्रो बलमा आसिफ खान र तेस्रो बलमा जहुर खानलाई लगातार आउट गरेका थिए । ललित पनि ह्याट्रिक विकेट नजिक छन् । यदि उनले मंगलबार पहिलो बलमै विकेट लिए ओडीआईमा ह्याट्रिक विकेट लिने पहिलो नेपाली बलर बन्नेछ ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *